पर्साको मितेरी पुलबाट लागूऔषधसहित बाराका दुई युवक पक्राउ
२६ असाेज,बारा । पर्साको वीरगञ्जस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित बाराका दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवाका १८ वर्षीय शेख सहजात र बारागढी गाउँपालिका–३ का ४१ वर्षीय जमिल अख्तर मियाँ रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार असोज २५ गते भारतबाट नेपाल प्रवेश गर्दै गरेका सहजातलाई मितेरी पुलमा खटिएको डग स्क्वाड र सीमा अन्तरक्रिया टोली (बीआईटी) को संयुक्त टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा उनले कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर राखेको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही दिन नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बारागढी गाउँपालिका–३ का मियाँलाई बीआईटी टोलीले नियन्त्रणमा लिएको थियो।
उनको झोला जाँच गर्दा लुकाएर राखिएको ४ किलो ८५ ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्साको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0