चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय महतोको मृत्यु, आक्रमणकारी बाघ डार्ट हानेर नियन्त्रणमा
१८ कातिक,चितवन । चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ निवासी ४६ वर्षीय भीम महतोको मृत्यु भएको हो ।
मंगलबार दिउँसो करिब २ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।
घटनाबारे उनीसँगै गएका साथीहरूले मंगलबार साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।
जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको संयुक्त समन्वयमा खोजी कार्य सुरु गरिएको थियो ।
खोजतलासका क्रममा बुधबार बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो । शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0