बागलुङमा वृद्ध महिलाको सुनको सिक्री लुट्ने बिरगंजका दुई युवक पक्राउ

Oct 20, 2026 - 17:20
 0  2
बागलुङमा वृद्ध महिलाको सुनको सिक्री लुट्ने  बिरगंजका  दुई युवक पक्राउ

 ३ कात्तिक,बारा  । बागलुङमा वृद्ध महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी फरार भएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० निवासी १९ वर्षीय रबिन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादव रहेका छन्। प्रहरीका अनुसार कात्तिक २ गते दिउँसो १ बजेर ९ मिनेटको समयमा बागलुङ नगरपालिका–२ हल्लनचोकमा बस्ने जीवन पुनकी ७० वर्षीया आमा कृष्णमाया पुनले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको थियो।

२.७८ तोला तौलको उक्त सिक्रीको मूल्य ८ लाख ६ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले बागलुङ नगरपालिका–२ हल्लनचोकबाटै दुवै युवकलाई नियन्त्रणमा लिएको थियो।

 उनीहरूको खानतलासी गर्दा लुटिएको सुनको सिक्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0