बाँकेमा ५१ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद, तीन जना पक्राउ
३० भदाै,नेपालगञ्ज । बाँकेमा प्रहरीले ५१.५४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ २९ गते कोहलपुर नगरपालिका–१० बाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही र बाँकेको राप्ती सोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारुलाई १०.७८० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।
उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा थप एक व्यक्ति लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–३ बाट ३५ वर्षीय मोहमद रहिम अन्सारीलाई पक्राउ गरेको हो।
उनको साथबाट ४०.७६० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट कुल ५१.५४० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, नेपाली रुपैयाँ ९९ हजार, भारतीय रुपैयाँ १ लाख ४६ हजार तथा दुई वटा मोटरसाइकल बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0