बंगलादेश हुँदै नेपाल आएका भारतीय नागरिक ४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट पक्राउ
ईर्साद अन्सारी
११ मंसिर,काठमाडौं । बंगलादेश हुँदै हवाई मार्गबाट नेपाल प्रवेश गरेका एक भारतीय नागरिक ४ किलोग्राम थाई गाँजासहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतको उत्तर प्रदेश ठेगाना भएका ३३ वर्षीय शिवकुमार चौहानलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
बंगलादेश हुँदै बीजी–३७१ उडानमार्फत नेपाल आएका चौहानलाई विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले शंकास्पद गतिविधिका आधारमा निगरानी तथा जाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले ल्याएको झोलाभित्र एयर ड्रायर र कुकिज बिस्कुटको बट्टामा लुकाएर राखिएको अवस्थामा ४ किलोग्राम थाई गाँजा बरामद गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका चौहानको साथबाट लागूऔषध थाई गाँजा ४ किलोग्राम, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद भएको छ ।
घटनाबारे लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0