पर्वतमा कालीगण्डकीको बितण्डा : जलजला–८ मा २५ घर बगे, ८० घर जोखिममा

Sep 27, 2026 - 10:14
 0  7
पर्वतमा कालीगण्डकीको बितण्डा : जलजला–८ मा २५ घर बगे, ८० घर जोखिममा

११ असाेज,पर्वत । अबिरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा बितण्डा मच्चाएको छ।

 नदीको बहाव बढेर बस्तीमा पस्दा आईतबार बिहान करिब ८ बजे २५ घर बगेका छन्। फर्सेमा करिब ८० घर रहेकोमा कालीगण्डकीको बढ्दो बहावले २५ घर बगाएको र बाँकी घरहरू समेत जोखिममा परेको जनाइएको छ।

बाढीको जोखिम बढेपछि बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

लगातारको वर्षासँगै नदीको बहाव थप बढ्न सक्ने भएकाले बस्तीमा थप जोखिम देखिएको छ। पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन।

उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0