नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु; तीन दिन राष्ट्रिय शोक
एजेन्सी
२० अिाेज,काठमाण्डाैं । नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार ३२ जनाको मृत्यु भएको छ।
नाइजेरियाली वायुसेनाका अनुसार दुर्घटनामा परेको विमानमा २५ जना यात्रु र सात जना चालक दलका सदस्य गरी ३२ जना सवार थिए। विमान बेनिन सिटीबाट लागोासतर्फ जाने क्रममा सोमबार ओन्डो राज्यको इग्बोकोडा क्षेत्रमा दुर्घटनामा परेको हो।
विमानसँग स्थानीय समयअनुसार बिहान करिब ९ बजेर १३ मिनेटमा सम्पर्क विच्छेद भएको थियो। त्यसपछि खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो। केही समयपछि इग्बोकोडा क्षेत्रमा विमानको भग्नावशेष फेला परेको अधिकारीहरूले बताएका छन्।
दुर्घटनापछि सुरुमा विमानमा सवार व्यक्तिको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक भएको थिएन। पछि नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुको कार्यालयले विमानमा रहेका सबै ३२ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
मृतकहरूमा नाइजेरियाली वायुसेनाका सदस्यसमेत रहेको बताइएको छ। मृतकहरूको पहिचान तथा नाम परिवारलाई जानकारी गराएपछि सार्वजनिक गरिने जनाइएको छ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। उनले देशभर राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन्। राष्ट्रपतिले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान नियमित सैन्य कार्यका लागि बेनिन सिटीबाट लागोासतर्फ उडेको थियो।
दुर्घटनास्थल ओन्डो राज्यको इग्बोकोडा क्षेत्रमा रहेको बताइएको छ। दुर्घटनाबारे नाइजेरियाली वायुसेना र सम्बन्धित निकायले अनुसन्धान अघि बढाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0