नक्कली ब्लुबुक बनाउने व्यक्ति पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ
४ असाेज,रुपन्देही । नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री–वितरण गर्ने गरेको आरोपमा रुपन्देहीमा एक व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का करिब ४४ वर्षीय अजय चौधरी रहेका छन् । चोरीका मोटरसाइकल बिक्री गर्न नक्कली ब्लुबुक बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७, विद्यापथबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा चौधरीको साथबाट टाइप–५४ पेस्तोलजस्तो देखिने एक थान पेस्तोल र त्यसमा लोड गरिएको ४ राउण्ड गोली बरामद भएको छ । त्यस्तै, एउटै फोटो भएका दुई वटा ब्लुबुक र चार वटा भारतीय आधार कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ ।
चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0