धम्कीको अडिओ सार्वजनिक भएको एक वर्षपछि नेकपा नेता यादव पक्राउ
२३ भदाै,सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको आरोपमा नेकपा नेता अशोक यादव पक्राउ परेका छन्।
यादवलाई प्रहरीले एक वर्षअघिको घटनासँग सम्बन्धित आरोपमा पक्राउ गरेको हो। २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई यादवले अपशब्द प्रयोग गर्दै धम्की दिएको अडिओ सार्वजनिक भएको थियो।
घटनापछि यादव फरार रहँदै आएका थिए। प्रहरीले खोजी गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाइएको छ। घटना भएको समयमा यादव जनता समाजवादी पार्टीमा आबद्ध थिए।
पछिल्लो समय पार्टी परिवर्तन गरी नेकपामा आबद्ध भएका यादवमाथि पुरानै घटनालाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0