धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङ लाग्दा ७ जना घाइते
२० असाेज,धनगढी । धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मंगलबार राति घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेको हो।
प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घरनजिकै चट्याङ परेको थियो।
चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।
घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनीहरूको अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।२० असाेज,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0