थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिला १४ किलो गाँजासहित पक्राउ
ईर्साद अन्सारी
१० कातिक,काठमाण्डाैं । थाइल्यान्डबाट मलेसिया हुँदै हवाई मार्गबाट नेपाल आएका दुई भारतीय महिला १४ किलो गाँजासहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणस्थित ब्यूरोको शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
हवाई मार्ग हुँदै नेपाल आउने यात्रुको निगरानी तथा विवरण विश्लेषण गर्ने क्रममा कात्तिक ९ गते बटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेमा ४६ वर्षीया भारतीय महिला शबानाबानु यार महमद शेख र ३५ वर्षीया भारतीय महिला सरिफा अब्बास अन्सारी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १४ किलो गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै महिलामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0