मोरङमा बुलेट मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Oct 28, 2026 - 08:17
 0  5
मोरङमा बुलेट मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

ईर्साद अन्सारी

११ कातिक,विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित तोरीबारी जंगलमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

 मंगलबार राति मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मिक्लाजुङ–८ का ३२ वर्षीय दिपेन लिम्बू गम्भीर घाइते भएका थिए।

 दुर्घटनापछि उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले राति ११ः५५ बजे मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनास्थल मधुमल्लास्थित ट्राफिक प्रहरी कार्यालयबाट करिब चार किलोमिटर उत्तरमा पर्छ। प्रारम्भिक अनुसन्धानमा अँध्यारो सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा रहेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा रहेको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0