त्रिभुवन विमानस्थलमा सुन तस्करी: बाराका अनिस अन्सारी र भारतीय नागरिक ६१५ ग्राम धातुसहित समातिए
८ असाेज,काठमाडौं । सुन ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा बाराका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
बारा पचरौता नगरपालिका–१ पिपरपाटीका अन्दाजी ३३ वर्षीय अनिस अन्सारीलाई प्रहरीले सुनजस्तो देखिने पहेँलो धातुका गरगहनासहित पक्राउ गरेको हो। प्रहरीका अनुसार कतारको दोहा हुँदै काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गर्ने गरेको सूचनाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा अन्सारीलाई नियन्त्रणमा लिइएको थियो।
उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, कतारको दोहा हुँदै काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
जाँचका क्रममा थोडीको साथबाट भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने ५३६ ग्राम पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारी र थोडी दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0