त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

Nov 13, 2026 - 15:26
 0  7
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

ईर्साद अन्सारी

२७ कातिक,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । 

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार  बिहिबार थाई एयरवेजको उडान नम्बर TG 319 मार्फत नेपाल आएका यात्रुहरूको आपराधिक गतिविधिसम्बन्धी प्रोफाइलिङ (Criminal Profiling) गर्ने क्रममा भारतीय नागरिक २५ वर्षीय सुबोध कुमार पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई ३ किलो थाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कुमारमाथि ब्यूरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ३ किलो थाई गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरेको छ ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0