पोखरामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु
२७ कातिक,काठमाण्डाैं । कास्कीको पोखरा महानगरपालिका–५ जिरो नजिक रोकिराखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।।
सुक्रबार दिउँसो २ः५० बजे लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा स्कुटरमा सवार अन्दाजी २५ र २२ वर्षका दुई पुरुष गम्भीर घाइते भएका थिए।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको नामथर र ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बोलेरो जिपका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0