डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनामा, मानवीय क्षति भएन
८ असाेज,डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको ९एन–एजे जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ।
नेपालगञ्जबाट उडेको जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दाहिने चक्का रनवेबाहिर निस्किएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको थियो। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको र अन्य कुनै ठूलो क्षति पनि नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0