जाजरकोटमा ओडारमा लुकाइराखेको ३ थान भरुवा बन्दुक बरामद

Oct 2, 2026 - 15:59
 0  4
जाजरकोटमा ओडारमा लुकाइराखेको ३ थान भरुवा बन्दुक बरामद

१६ असाेज,जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

सुक्रबार बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बरामदमध्ये २ थान भरुवा बन्दुक साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ।

बरामद बन्दुकलाई रीतपूर्वक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0