जनकपुरमा घरमा आगलागी हुँदा ७० वर्षीय अवकाशप्राप्त शिक्षकको मृत्यु
४ असाेज,जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा राति अचानक आगलागी हुँदा करिब ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागीमा गम्भीर घाइते भएका सहनीको मृत्यु भएको हो। उनी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी तथा अवकाशप्राप्त शिक्षक रहेको प्रहरीले जनाएको छ।
राति घरमा अचानक आगलागी भएपछि सहनीकी नातिनी भने घरबाट भागेर ज्यान जोगाउन सफल भएकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा आगलागी विद्युत् सर्ट भएर भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0