ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सेवा पनीअस्थायी रूपमा बन्द
५ कार्तिक,काठमाण्डाैं । काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ‘डिजिटल युनिभर्स’ सेवा केही समयका लागि अस्थायी रूपमा बन्द गरेको छ ।
बैंकले ग्राहकको डाटा तथा प्रणालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा तथा प्रणाली मर्मतसम्भारको काम गर्न सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ ।
सम्बन्धित कार्य सम्पन्न भएपछि सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । सेवा अस्थायी रूपमा बन्द हुँदा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0