क्रसर उद्योगको पोखरीमा डुबेर दशैं मनाउन माइती आएकी आमाछोरीको मृत्यु

Oct 23, 2026 - 08:35
 0  0
क्रसर उद्योगको पोखरीमा डुबेर दशैं मनाउन माइती आएकी आमाछोरीको मृत्यु

६ कातिक,काठमाण्डाै  । दशै  मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ पोखरीमा डुबेर मृत्यु भएपछि परिवार तथा स्थानीयबासी गहिरो शोकमा परेका छन्। घट्नाले सिङ्गो गाउँ स्तब्ध बनेको छ।

 ​सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमाछोरीको ज्यान गएको हो।

मृत्यु हुनेहरूमा स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी बालिका छोरी रहेकी छन्। ​बिहीबार दिउँसो करिब २ बजेतिर आमाछोरी पोखरी नजिकै नुहाइरहेका बेला बालिका खेल्ने क्रममा अचानक पोखरीमा डुबेकी थिइन्।

छोरी डुबेको खबर सँगै रहेका साथीले दिएपछि उनलाई बचाउन तुरुन्तै पोखरीमा पसेकी आमा सतीदेवी पनि डुबेकी थिइन्। बचाउन गएकी आमा र छोरी दुवैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। ​

अहिले घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0