गाँजा बोकेको कार सिमरा प्रहरीकाे नियन्त्रणमा, १५५ किलो गाँजासहित चालक पक्राउ
१६ असाेज,बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित कार र चालक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा शुक्रबार बिहान करिब ९ बजे मनहरीबाट वीरगन्जतर्फ आउदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याई कार जाँच गर्दा रातो प्लास्टिकले बेरेर लुकाइछिपाई राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २८ वर्षीय अम्बिर डिम्डुङ पक्राउ परेका छन्।
बरामद गाँजा, कार र पक्राउ परेका डिम्डुङलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0