खेलमा मिलेमतो र ठगीको आरोपमा एन्फाका कोषाध्यक्षसहित दुई जना पक्राउ

Sep 20, 2026 - 22:07
 0  7
खेलमा मिलेमतो र ठगीको आरोपमा एन्फाका कोषाध्यक्षसहित दुई जना पक्राउ

४ असाेज,काठमाडौं । खेलमा मिलेमतो तथा अनियमितता गरेको र ठगीसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

 नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ पुल्चोकका ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेलका ५५ वर्षीय सन्जीब पाण्डे रहेका छन्।

 जोशी एन्फा सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत छन् भने पाण्डे लेखा अधिकृत पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा नेपाल सरकार वादी र रविन्द्र जोशीसमेत प्रतिवादी रहेको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगीसम्बन्धी कसूर मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ।

 अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूलाई असोज ४ गते ललितपुर जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरिएको छ।

अदालतबाट म्याद थप भएसँगै घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। प्रहरीले अनुसन्धानको विषयमा थप विवरण भने सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0