काठमाडौंमा खैरो हेरोइन, ७८२ एम्पुल र १८ हजार ३०० ट्रामाडोलसहित ५ जना पक्राउ

Sep 26, 2026 - 12:21
 0  7
काठमाडौंमा खैरो हेरोइन, ७८२ एम्पुल र १८ हजार ३०० ट्रामाडोलसहित ५ जना पक्राउ

१० असाेज,काठमाण्डाैं । लागुऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइन, विभिन्न प्रकारका एम्पुल र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।

 ब्यूरोका अनुसार असोज ९ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय थानकोटको विशेष सूचनाका आधारमा शाखा कार्यालय थानकोट र प्रहरी वृत्त थानकोटबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ३.१० ग्राम खैरो हेरोइन, डाईजेपाम ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल र ट्रामाडोल १८ हजार ३०० क्याप्सुल बरामद गरेको जनाएको छ।

त्यस्तै, प्रहरीले ५ लाख ६० हजार ४०० रुपैयाँ नगद, बा.प्र. ०३–००२ प ७०४८ नम्बरको मोटरसाइकल र ६ थान मोबाइलसमेत बरामद गरेको छ।

 पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुर थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा, मकवानपुर राक्सिराङ गाउँपालिका–२ का ३३ वर्षीय ललितबहादुर स्याङ्तान र सिन्धुली हरिहरपुरगढी नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङ रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0