काठमाडौंबाट अमलेखगञ्ज पुगेका वीरबहादुर अमलेखगञ्जको पुलनजिकै जलेको अवस्थामा मृत फेला प्रसाद खाएपछि रहस्यमय तबरले
२ असोज,बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा शुक्रबार दिउँसो एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ।
अमलेखगञ्जस्थित दुई नम्बर पुल नजिक ४७ वर्षीय वीरबहादुर स्याङ्तानको शव फेला परेको हो। बिहीबार बिहानदेखि सम्पर्कविहीन रहेका स्याङ्तानको स्थानीयले खोजी गर्ने क्रममा शुक्रबार दिउँसो शव फेला पारेका थिए।
शव फेला परेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ।
घटनास्थलको निरीक्षण गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पुरुषको शव जलेको अवस्थामा फेला परेको पुष्टि गरे।
उनका अनुसार शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। परिवारसँगै काठमाडौंमा बस्दै आएका स्याङ्तान केही दिनअघि मात्र अमलेखगञ्ज आएका थिए। बिहीबार बिहान विश्वकर्मा पूजाको प्रसाद खाएपछि उनी सम्पर्कविहीन भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0