काठमाडौँको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

Sep 15, 2026 - 13:48
 0  5
काठमाडौँको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

३० भदाै,काठमाडौं । काठमाडौँको बुढानीलकण्ठस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा–तास खेलाउने तथा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार  भदौ २९ गते राति करिब २ बजे बुढानीलकण्ठ नगरपालिका–१, तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा–तास खेलाइरहेको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गरेको थियो। 

चेकजाँचका क्रममा नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, नगद सटहीमा प्रयोग हुने ५० हजार रुपैयाँ अंकित ८ थान क्वाइन, १० हजार रुपैयाँ अंकित १९ थान क्वाइन, १ हजार रुपैयाँ अंकित ८८ थान क्वाइन र १ सय रुपैयाँ अंकित ५ थान क्वाइन बरामद गरेको छ।

त्यसैगरी, उनीहरूको साथबाट नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0