कटुवा पेस्तोल र २५ राउण्ड छर्रासहित रुपन्देहीबाट दुई जना पक्राउ
३० भदाै,रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नारायणपुरबाट कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ परेका छन्।
मंगलबार अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले घरमा कानुनी प्रक्रियाअनुसार खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउण्ड छर्रा बरामद गरेको जनाएको छ। हातहतियारसहित ओमसतिया गाउँपालिका–६ का २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0