उदयपुरमा सिटी सफारीको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते

Oct 9, 2026 - 14:48
 0  8
उदयपुरमा सिटी सफारीको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते

२३ असाेज,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।

 आज  बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअप जिपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।

 दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी २ वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ७० वर्षीया कन्नि सदा पनि घाइते भएकी छन् ।

 उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजातसमेत साथमा नराखेको खुलेको छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0