आगामी चार दिन भारी वर्षाको जोखिम, मौसम विभागद्वारा चेतावनी नक्सा जारी

Sep 24, 2026 - 09:00
 0  6
आगामी चार दिन भारी वर्षाको जोखिम, मौसम विभागद्वारा चेतावनी नक्सा जारी

ईर्साद अन्सारी

८ असाेज,काठमाडौं । मौसममा बदलीसँगै आगामी चार दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमसम्बन्धी चेतावनी तथा परामर्श नक्सा जारी गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान ८ बजे आगामी चार दिन अर्थात् असोज ८ गतेदेखि ११ गतेसम्मको मौसम चेतावनी तथा परामर्श नक्सा सार्वजनिक गरेको हो।

 विभागका अनुसार असोज ८ गते बिहीबार, असोज ९ गते शुक्रबार, असोज १० गते शनिबार र असोज ११ गते आइतबारका लागि छुट्टाछुट्टै चेतावनी नक्सा जारी गरिएको छ। मौसमको अवस्था हेरेर सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा बाढी, पहिरो, डुबान र सडक अवरोधजस्ता सम्भावित जोखिमबाट जोगिन पूर्वतयारी गर्न आग्रह गरिएको छ।

 भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा तराईका केही क्षेत्रमा डुबानको समस्या आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0