२३ देशमा बडादसैँको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १०:२६ बजे

Oct 21, 2026 - 06:55
 0  3
२३ देशमा बडादसैँको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १०:२६ बजे

४ कार्तिक,काठमाण्डाैं  । बडादसैँअन्तर्गत विजयादशमी पर्वको अवसरमा नेपालमा टीका लगाउने उत्तम साइत आज बुधबार बिहान १० बजेर २६ मिनेटमा तोकिएको छ।

 नेपालबाहिर भने स्थानीय समय, सूर्योदय र दशमी तिथिको भिन्नताका कारण विभिन्न देशमा फरक–फरक मिति र समयमा टीकाको साइत निर्धारण गरिएको छ।

 अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूको सुविधालाई ध्यानमा राख्दै नेपालसहित २३ देशका लागि यस वर्षको बडादसैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको हो।

टीकाको साइत निर्धारण गर्दा सम्बन्धित स्थानको सूर्योदय र दशमी तिथिलाई मुख्य आधार बनाइने गरिन्छ। यही कारण नेपालमा कात्तिक ४ गते (अक्टोबर २१) टीकाको साइत पर्दा अमेरिका, क्यानडालगायत केही देशमा भने अक्टोबर २० मै टीका लगाउने साइत परेको छ।

समितिले सार्वजनिक गरेको समय सम्बन्धित देश तथा सहरको स्थानीय समयअनुसार निर्धारण गरिएको हो। यसले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो स्थानअनुसार दशैँको टीका तथा आशीर्वाद ग्रहण गर्न सहज हुने अपेक्षा गरिएको छ।

विजयादशमी नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस अवसरमा परिवारका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0