हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक नियन्त्रणमा

Oct 14, 2026 - 10:52
 0  10
हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक नियन्त्रणमा

२८ असाेज,बारा । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ गुम्बाचोक नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

 मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९, एचआइडी निवासी करिब ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्। प्रहरीका अनुसार बुधबार बिहान करिब ७:३० बजे हेटौँडाबाट रातोमाटेतर्फ आउदै गरेको ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग.१ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

 ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा बिहान ७:५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0