सिरहाको गोलबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु: चालक र सवारी प्रहरी नियन्त्रणमा

Oct 8, 2026 - 12:14
 0  6
सिरहाको गोलबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु: चालक र सवारी प्रहरी नियन्त्रणमा

२२ असाेज,बारा  । सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ निवासी ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले पूर्व–पश्चिम लोकमार्गमा बाटो क्रस गर्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठलाई तत्काल लाइफ लङ्ग अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरतर्फ रेफर गरिएको थियो।

 विराटनगर लैजाने क्रममा सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण तथा ईसीजी गर्दा चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका थिए।

मृतक श्रेष्ठको शव प्रादेशिक अस्पताल लहान, सिरहा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0