सल्यानको सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद
८ मंसिर,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ बजे सामुदायिक वनको ओडारमा लुकाइएको अवस्थामा ती बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका बन्दुकमध्ये ७ नाल साबुत र १ नाल बेसाबुत रहेका छन्। बरामद बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ।
ती बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0