सर्लाहीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Oct 10, 2026 - 17:59
 0  6
सर्लाहीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२४ असाेज,बारा । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कूलस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार बिहान ८:१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

 दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा बिहान ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजार निवासी ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0