काठमाडौँको जडीबुटीमा प्रहरी र लुटेराबीच मुठभेड: गोली हानी ३ जना पक्राउ
२२ असाेज,काठमाण्डाै । काठमाडौंको कोटेश्वरस्थित जडिबुटी पुलमुनिबाट प्रहरीले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
लुटपाटमा संलग्न व्यक्ति जडिबुटी पुलमुनि रहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। त्यसक्रममा लुटेराहरूले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि प्रहरीले गोली चलाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताए।
प्रहरीको गोली प्रहारपछि लुटपाटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइएको उनले बताए। घटनामा घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको एसएसपी घिमिरेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0