सर्लाहीमा अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ, ५० हजार माग्ने शिवचरण पक्राउ
१३ असाेज,बारा । सर्लाहीमा एक महिलालाई विश्वासमा पारी भिडियो कलमार्फत अश्लील गतिविधि गराएर त्यसको भिडियो रेकर्ड गरी ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसबरिया गाउँपालिका–३ का शिवचरण मुखियालाई पक्राउ गरिएको हो। चिनजान तथा नाता सम्बन्धका आधारमा महिलालाई विश्वासमा पारी मुखियाले पटक–पटक वाट्सऐपमार्फत भिडियो कल गर्ने गरेको र सो क्रममा विभिन्न दबाब तथा धम्की दिई शरीरका कपडा हटाउन बाध्य बनाएर भिडियो रेकर्ड गरेको आरोप छ।
प्रहरीका अनुसार मुखियाले उक्त अश्लील तस्बिर, भिडियो तथा कुराकानीको रेकर्ड आफ्नो मोबाइलमा सुरक्षित राखी पीडित महिला तथा उनका आफन्तलाई समेत पठाएका थिए। साथै ती सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा पीडितका परिवार र आफन्तलाई पठाइदिने धम्की दिँदै ५० हजार रुपैयाँ माग गरेको आरोपसमेत छ।
घटनाबारे जाहेरी परेपछि प्रहरीले मुखियालाई पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट सात दिनको प्रहरी हिरासतमा राख्ने अनुमति लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0