रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

Oct 14, 2026 - 15:16
 0  12
रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

२८ असाेज,राैतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरी रहेकी छन्। प्रहरीका अनुसार बुधबार बिहान १० बजेर ५५ मिनेटको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बसका चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0