रामेछापमा एकल महिलामाथि जबरजस्ती करणी प्रयासको आरोपमा ६० वर्षीय थामी पक्राउ
६ असोज,रामेछाप । एकल महिलामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका–१ का ६० वर्षीय फुर्छिरी थामी रहेका छन्। प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा दुई नाबालिका छोरीसहित आश्रय लिएर बसेकी परिवर्तित नाम ‘१८ (४९) उमाकुण्ड’ लाई थामीले गत जेठ ५ गते जबरजस्ती करणीको प्रयास गरेका थिए।
पीडितले प्रतिकार गरेपछि थामी घटनास्थलबाट फरार भएका थिए। घटनापछि फरार रहेका थामीलाई प्रहरीले खोजतलास गर्ने क्रममा असोज ५ गते उमाकुण्ड गाउँपालिका–१ फितान्दिङबाट पक्राउ गरेको हो।
पक्राउ परेका थामीलाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0