रसुवाका बाढीपीडितलाई सघाउन बारा कांग्रेसद्वारा २ लाख १ हजार रुपैयाँ केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण

Sep 1, 2026 - 15:42
 0  15
रसुवाका बाढीपीडितलाई सघाउन बारा कांग्रेसद्वारा २ लाख १ हजार रुपैयाँ केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण

१६ भदाै,बारा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले आफ्नो सहयोग रकम बढाएर २ लाख १ हजार रुपैयाँ पुर्‍याएको छ।

यसअघि बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको कांग्रेस बाराले आज उक्त रकम बढाएर २ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो। कांग्रेस बारा जिल्ला कार्यसमितिले उक्त रकम नेपाली कांग्रेस केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गरेको जनाएको छ।

 रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकले ज्यान गुमाएपछि प्रभावित परिवार तथा क्षेत्रमा राहत र उद्धारका लागि सहयोग गरिएको कांग्रेस बाराले जनाएको छ।

कांग्रेस बारा जिल्ला सभापति मनोज भट्ट र सचिव राजेश रौनियारले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

 उनीहरूले आगामी दिनमा राहत तथा उद्धारका लागि थप आवश्यकता देखिएमा पुनः सहयोग संकलन गरी पठाउने प्रतिबद्धता समेत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0