मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

Sep 15, 2026 - 12:12
 0  12
मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

३० भदाै,धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो।

अस्पतालमा उपचार भइरहेको अवस्थामा मंगलबार बिहान ९:२० बजे चिकित्सकले लेखराजलाई मृत घोषणा गरेका हुन्। घटनापछि प्रहरीले मिनी ट्रकका चालक कैलालीको लम्कीचुहा नगरपालिका–२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0