मर्स्याङ्दीको बाढीले थोचे गाउँ जोखिममा, तीन दर्जनभन्दा बढी स्थानीय ओडारमा उद्धारको पर्खाइमा

Sep 28, 2026 - 07:48
 0  6
मर्स्याङ्दीको बाढीले थोचे गाउँ जोखिममा, तीन दर्जनभन्दा बढी स्थानीय ओडारमा उद्धारको पर्खाइमा

१२ असाेज,मनाङ । लगातारको वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको थोचे गाउँ उच्च जोखिममा परेपछि तीन दर्जनभन्दा बढी स्थानीय गाउँ छाडेर सुरक्षित स्थानतर्फ पुगेका छन् ।

बाढीको जोखिम बढ्दै गएपछि ज्यान जोगाउन थोचेबाट निस्किएका स्थानीयहरू ओडार गाउँमा पुगेका छन् । उनीहरू अहिले उद्धारको पर्खाइमा रहेको बताइएको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव निरन्तर बढेपछि थोचे आसपासका बस्तीमा जोखिम बढेको थियो । चामे क्षेत्रमा आएको बाढीको बहाव थोचे हुँदै आउने त्रास बढेपछि स्थानीयहरू घरबास छाडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।

 स्थानीयका आफन्तहरूले भने ओडार गाउँमा पुगेका आफन्तहरूसँग समेत सम्पर्क हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जोखिममा रहेका नागरिकको तत्काल अवस्थाबारे जानकारी लिएर उद्धार गर्नुपर्ने उनीहरूको माग छ ।

 उद्धारमा ढिलाइ भएको आफन्तको गुनासो बाढीका कारण जोखिममा परेका स्थानीयको समयमै उद्धार हुन नसकेको भन्दै आफन्तहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायबीच तत्काल समन्वय गरी उद्धार टोली परिचालन गर्न आग्रह गरेका छन् ।

 ओडार गाउँमा रहेका स्थानीयको वास्तविक अवस्था यकिन गरी उनीहरूसँग सम्पर्क स्थापित गर्नुपर्ने आफन्तहरूको माग छ । लगातार वर्षा भइरहेकाले मर्स्याङ्दी नदीको बहाव थप बढ्न सक्ने भन्दै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्ने उनीहरूको भनाइ छ ।

यसअघि आइतबार पनि मर्स्याङ्दी नदीमा आएको उच्च बहावका कारण मनाङको ताल गाउँ डुबानमा परेको थियो । लगातारको वर्षासँगै नदीको जलस्तर बढेपछि ताल गाउँ प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0