भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको रेस्टुरेन्टमा आगलागी, लाखौँको क्षति

Nov 14, 2026 - 12:55
 0  17
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको रेस्टुरेन्टमा आगलागी, लाखौँको क्षति

२८ कातिक,काठमाण्डाैं  । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

 शनिबार बिहान भवनको माथिल्लो तलाबाट अचानक आगो र कालो धुवाँको मुस्लो निस्किएपछि आसपासका स्थानीय बासिन्दा त्रसित बनेका थिए।

 आगलागीको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल तथा स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा केही समयमै आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट रेस्टुरेन्टका भौतिक संरचना तथा विभिन्न सामग्री जलेर नष्ट भएका छन्। घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने आशंका गरिए पनि यसको पुष्टि भएको छैन। प्रहरीले घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0