बारा चकरीमा जङ्गली हात्ती देखियो, अमलेखगञ्जतर्फको जंगलमा प्रवेश, स्थानीयलाई सतर्क रहन आग्रह

Oct 26, 2026 - 21:27
 0  12
बारा चकरीमा जङ्गली हात्ती देखियो, अमलेखगञ्जतर्फको जंगलमा प्रवेश, स्थानीयलाई सतर्क रहन आग्रह

९ कातिक,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चकरी क्षेत्रमा सोमबार जङ्गली हात्ती देखिएको छ।

 चकरीमा देखा परेको हात्ती अमलेखगञ्ज बजारतर्फको जंगलमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ। हात्ती देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ

। हात्ती आसपासका क्षेत्रमा देखिन सक्ने भएकाले वडावासीलाई सावधानी अपनाउन अनुरोध गरिएको हो। हात्ती कतै देखिएमा नजिक नजान, जिस्क्याउने वा धपाउने प्रयास नगर्न तथा तत्काल ९८४५१०४०४८ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

 हात्तीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी, नेपाली सेना तथा निकुञ्जका कर्मचारीहरू तयारी अवस्थामा रहेको जानकारी गराइएको छ।

स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र हात्ती देखिएमा आफैँ नियन्त्रणमा लिने प्रयास नगरी सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0