बारामा बलात्कारको दोस्रो घटना: पाँच वर्षीया बालिकामाथि बलात्कार आरोपमा वृद्ध नियन्त्रणमा

Sep 17, 2026 - 22:13
 0  90
बारामा बलात्कारको दोस्रो घटना: पाँच वर्षीया बालिकामाथि बलात्कार आरोपमा वृद्ध नियन्त्रणमा

१ अिाेज,बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

बिहीबार राति करिब साढे ९ बजे घटना भएको प्रारम्भिक जानकारी आएको छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

 स्थानीयका अनुसार बालिकामाथि बलात्कार गरेको आरोप सोही टोलका करिब ६० वर्षीय हसनजान मियाँमाथि लागेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेपछि स्थानीय र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको बताइएको छ ।

स्थानीयले आरोपितलाई कानुनी कारबाही पर्याप्त नहुने भन्दै आफूहरूले नै कारबाही गर्ने बताएका कारण भिड अनियन्त्रित भएको जनाइएको छ । त्यसपछि सदरमुकाम कलैयाबाट थप प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर बनाएपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा लगिएको बताइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । बालिकाको स्वास्थ्य अवस्था, घटनाको प्रकृति तथा आरोपितविरुद्ध लाग्ने कानुनी कसुरबारे थप विवरण आउन बाँकी छ ।

बारामा केही साताअघि पनि जीतपुरसिमरा–१ की बालिका बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0