बाराको प्रस्टोकामा गोप्य रूपमा कौडा जुवा सञ्चालन, प्रहरीको आँखा छल्दै काश्मिरी साह सक्रिय रहेको स्रोतको दाबी
२२ कातिक,बारा । बाराको प्रस्टोकामा ठूलो स्तरमा कौडा जुवा सञ्चालन भइरहेको स्थानीय स्रोतले दाबी गरेको छ।
प्रहरीको निगरानी र सम्भावित कारबाहीका कारण जुवा सञ्चालन गर्ने समूह सतर्क बने पनि प्रस्टोकाकै काश्मिरी साहले प्रहरीको आँखा छल्दै विभिन्न स्थानमा कौडा खेलाउँदै आएको स्रोतको दाबी छ।
स्रोतका अनुसार प्रहरी प्रमुखको सरुवाको हल्लासँगै कात्तिक २० गतेदेखि जुवा बन्द गर्ने सहमतिमा काम गर्नेहरूबीच छलफल भएको थियो। तर, प्रहरीबाट सहज वातावरण नपाएको भन्दै जुवा सञ्चालनमा संलग्न केही व्यक्ति असन्तुष्ट बनेका छन्।
काश्मिरी साहले भने दिनमा तीनदेखि चार पटकसम्म स्थान परिवर्तन गर्दै कौडा खेलाउने गरेको स्रोतको दाबी छ।
प्रहरीको निगरानीबाट बच्न खेल सञ्चालन गर्ने स्थान पटक–पटक परिवर्तन गर्ने गरिएको बताइएको छ। यस्तै, कलैया उपमहानगरपालिकाको बरेवा र वडा नम्बर १ मा समेत जुवा सञ्चालन भइरहेको बताइएको छ।
लक्ष्मीपूजादेखि छठ पर्वसम्म जुवा खेलाउने र खेल्नेहरूको सक्रियता बढ्ने गरेको स्थानीय स्रोतको दाबी छ। कलैयास्थित एक रेस्टुरेन्टमा समेत गोप्य रूपमा कौडा जुवा सञ्चालन भइरहेको दाबी गरिएको छ।
यसरी विभिन्न स्थानमा खुलेआम वा गोप्य रूपमा जुवा सञ्चालन भइरहेको सूचना सार्वजनिक भइरहँदा प्रहरीको निगरानी र कारबाहीमाथि प्रश्न उठेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0