बाराको पथलैयामा २३७ किलो गाँजासहित गाडी बरामद, चालक फरार

Nov 28, 2026 - 21:59
 0  13
बाराको पथलैयामा २३७ किलो गाँजासहित गाडी बरामद, चालक फरार

 १२। मंसिर,बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलो १७० ग्राम अवैध लागुऔषध गाँजासहित एउटा गाडी बरामद गरेको छ।

 शुक्रबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागेर प्रहरीले चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए।

 त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउ चालकले इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए।

प्रहरीले जंगल क्षेत्र घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि उनी भागेको दिशातर्फ एउटा किप्याड मोबाइल फेला परेको थियो।

नियन्त्रणमा लिइएको गाडीको पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३७.१७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाडीसहित गाँजा नियन्त्रणमा लिई फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0