बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल

Aug 31, 2026 - 15:47
 0  0
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल

१५ भदाै,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएकाे छ ।

 भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएकाे भयो।

 भेटका क्रममा प्रभावित नागरिकको उद्धार तथा राहतका साथै बाढीबाट क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा पनि छलफल भयो।

 प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरेको बताए।

उनले प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सरकार गम्भीर रूपमा लागिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0