बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर युवक घाइते, बन्दुकसहित एक जना पक्राउ बारा, १७ कात्तिक।

Nov 3, 2026 - 07:31
 0  15
बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर युवक घाइते, बन्दुकसहित एक जना पक्राउ बारा, १७ कात्तिक।

१७ कातिक,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लागेर एक युवक गम्भीर घाइते भएका छन्।

सोमबार साँझ करिब ६ः३५ बजे स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर सोही ठाउँका ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन्।

घाइते रमौलीको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे साँझ ६ः५० बजे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

 जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेको कमाण्डमा ७ जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट २ जना र इलाका प्रहरी कार्यालय सिमराबाट २२ जना प्रहरी परिचालन गरिएको थियो।

 प्रहरी टोलीले घटनामा संलग्न गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय सिमरा बाराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।फाेटाे एआईबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0