दमकको बाँसघारीमा लुकाएर राखिएको म्यागजिनसहितको पेस्तोल बरामद

Nov 3, 2026 - 19:54
 0  18
दमकको बाँसघारीमा लुकाएर राखिएको म्यागजिनसहितको पेस्तोल बरामद

१७ कातिक,बारा । झापाको दमक नगरपालिका–५ स्थित बाँसघारीबाट म्यागजिनसहित एक थान पेस्तोल बेवारिसे अवस्थामा बरामद भएको छ।

 आज दिउँसो करिब ४ बजे स्वीप अपरेसनअन्तर्गत खटिएको टोलीले खोजतलास गर्ने क्रममा बाँसको झ्याङमा लुकाइछिपाइ राखिएको पेस्तोल फेला पारेको हो।

 बरामद पेस्तोलमा ‘मेड इन इटाली’ लेखिएको छ। म्यागजिनसहितको उक्त पेस्तोल प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा लगेकाे  छ।

पेस्तोल कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0