बाराका दुई जना २७.७० तोला चाँदीका सामानसहित वीरगन्जबाट पक्राउ

Nov 3, 2026 - 16:40
 0  21
बाराका दुई जना २७.७० तोला चाँदीका सामानसहित वीरगन्जबाट पक्राउ

१७ कातिक,बारा । पर्साको वीरगन्जबाट २७.७० तोला चाँदीका विभिन्न सामानसहित बाराका दुई जना पक्राउ परेका छन्।

 वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा मंगलबार बिहान १० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चाँदीका विभिन्न सामान फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

 इलाका प्रहरी कार्यालय छप्कैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार दुवै जनालाई नियन्त्रणमा लिएको हो।

 पक्राउ पर्नेमा बारा जिल्लाको करैयामाई गाउँपालिका–८ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ नगवामा बस्दै आएका ३६ वर्षीय रामप्रकाश सराफ र बाराकै गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ बस्ने ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।

 प्रहरीले बरामद चाँदीका सामान, मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0