गौरमा अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते, थप उपचारका लागि वीरगन्ज ल्याइयो
१८ कातिक,बारा । रौतहटको गौर नगरपालिका–४ गडवा टोलमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक घाइते भएका छन्।
मङ्गलबार राति पानी ट्याङ्की नजिक भएको घटनामा २८ वर्षीय राकेश यादवमाथि अज्ञात व्यक्तिको समूहले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गोली प्रहारपछि उक्त समूह फरार भएको बताइएको छ।
गोली लागेर घाइते भएका यादवलाई तत्कालै प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका लागि प्रहरीले टोली परिचालन गरेको छ। गोली प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0